मस्तिष्कमा परिवर्तन ल्याउने अचूक अस्त्र 'ध्यान' । Dr. Kailash Bhandari

Drishya TV
Drishya TV
21.3 هزار بار بازدید - 2 سال پیش - वरिष्ठ अर्थोपेडिक सर्जन डा. कैलाश
वरिष्ठ अर्थोपेडिक सर्जन डा. कैलाश भण्डारीको विपश्यना ध्यान–यात्रा

डा. कैलाश भण्डारीले स्वास्थ्य सेवामा समय बिताएको तीन दशकभन्दा बढी भइसकेको छ । वरिष्ठ अर्थोपेडिक सर्जनको हैसियतले उनले कैयौं बिरामीको उपचार गरिसकेका छन् । नेपाल अर्थोपेडिक हस्पिटलमा डा. भण्डारीले सेवा सुरु गरेको दुई दशकभन्दा बढी समय बितिसकेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता स्वर्गीय मदन भण्डारीका सहोदर भाइ रहेका डा. भण्डारीको आध्याति्मक पाटोबारे सबैलाई थाहा नहुन सक्छ । सानैदेखि कम्युनिस्ट माहोलमा हुर्किएर त्यही सर्कलमा बढी घुलमिल भए पनि केही वर्षयता उनीभित्रको आध्याति्मक बीज अंकुरित हुँदै आएको छ ।

विभिन्न गुरुहरुको सत्संगमा ध्यान–साधनाको अभ्यास सुरु गरेका डा. भण्डारी पछिल्लो समय भने विपश्यना ध्यान–साधनाको प्रखर अभ्यासकर्ताको रुपमा परिचित भइसकेका छन् । पटक–पटक विपश्यनाको दसदिने ध्यान शिविरमा सहभागिता जनाएका उनले अन्य लामो अवधिका शिविरमा पनि सहभागिता जनाइसकेका छन् ।

हरेक दिन बिहान र बेलुका १–१ घन्टा विपश्यना ध्यानको अभ्यास गर्दै आएका डा. भण्डारी ध्यानले मानिसलाई सचेत र जागरुक जीवन जिउन मद्दत गर्ने धारणा राख्छन् । ध्यानको अभ्यासले आफ्नो चिकित्सकीय कार्यलाई समेत मद्दत गरेको उनको भनाइ छ । ध्यानको नियमित अभ्यासपछि ममा निक्कै परिवर्तन आएको छ, मकहाँ आउने बिरामीलाई केवल उपचार मात्र होइन, करुणा र मैत्रीभावले हेर्ने गरेको छु । यस्तो कुरा ध्यानले नै सिकाएको हो, उनी भन्छन् ।

आफ्नो आध्याति्मक यात्रा र विपश्यना ध्यानबारे डा. भण्डारीले दृश्य टिभीमार्फत् आफ्ना अनुभव बाँडेका छन् :
2 سال پیش در تاریخ 1401/02/19 منتشر شده است.
21,359 بـار بازدید شده
... بیشتر