Sunidinu Didibaini | Aatmakatha | Sharmila Gurung | Ramesh B.G. | Original Version | Teej Song 2080

Sharmila Gurung
Sharmila Gurung
96.4 هزار بار بازدید - 12 ماه پیش - Presenting Original Full Audio of
Presenting Original Full Audio of a typical Nepali Teej song “Sunidinu didibaini”, which is composed,  sung, and presented by Sharmila Gurung, penned by Ramesh B.G., only on Sharmila Gurung's official YouTube channel.

This is one of the most popular songs from Sharmila Gurung's Teej album "Maitiko Samjhana Part-5".

------------------------------------------
Sharmila Gurung Presents :-
Sunidinu Didibaini
सुनिदिनु दिदिबैनी
------------------------------------------

🎶 Audio Credits:-

♪ Song:-
Sunidinu Didibaini
सुनिदिनु दिदिबैनी

♪ Vocal:-
Sharmila Gurung

♪ Lyrics:-
Ramesh B.G.

♪ Music:-
Sharmila Gurung

------------------------------------------
♪ Arranger:-
B. B. Anuragi |‪@bbanuragee‬
------------------------------------------

🎬️ Video Credits:-

🎬️ Editing & Designing:-
Rem Gurung | ‪@RemGurung‬

-------------------------------------------

#SharmilaGurung
#OriginalFullAudio
#TeejGeet
#RameshBG
#SunidinuDidiBaini
#ShakuntalaThapa
#OldTeejGeet
#BBAnuragi

-------------------------------------------
Special Thanks:
Narayan Rayamajhi
(Legendary Folk Singer, Musician, Director)
-------------------------------------------

|| Full Lyrics ||

लय/स्वर : शर्मिला गुरुङ्
शब्द: रमेश बि. जि.
गितिसंग्रह: माइतीको सम्झना भाग-५ (तीजका गीतहरू)

१.
सुनिदिनु दिदिबैनी मेरो आफ्नै ब्यथा हो ।
माइतीबिहिन चेलीको आत्मकथा हो ।।

न त घरमा मन बुझाउने शिरको स्वामी छ मेरो ।
माइतीघर जाउँ भने नि भयो अँधेरो ।।

२.
लुखुर लुखुर आउनुभाको हातमा लौरी टेकेर।
मुर्छा परेँ सपनीमा बाबा देखेर ।।

सुरुसुरु आउनुभयो बस्नुभयो छिँडीमा ।
आउनुस् बाबा बस्नुस् भने मेले पिँढीमा ।।

३.
भन्नुभयो बाबाले मेरो गोडा छोएर ।
बसिखप्नु छैन छोरी आमा रोएर ।।

आमा साह्रै रोएर आएको हुँ म लिन ।
मलाई साह्रै हतार छ छिट्टै जाउँ हिन ।।

४.
हतार हतार छोरी च्यापी ताल्चा लाएँ ढोकामा।
बाबाले नै बोक्नुभयो नाति कोखमा ।।

माइतीगाउँमा पुग्नेबेला खोला तर्नुपरेको।
दैबले नि कति साह्रै छल गरेको ।।

५.
भन्नुभयो बाबाले छोरी तिमी पारी जाउ।
आजभोलि अर्कै छ मेरो बस्ने ठाउँ ।।

किन बाबा भन्दै रोएँ समातेर हातमा।
झल्यस्स बिउँझिएछु आधारातमा ।।

६.
न त बाबा साथमा न त छोरी काखमा।
बलिन्धारा आँशु मात्र दुबै आँखामा ।।

किन होला सपनीमा मेरो बाबा आएको।
स्वर्गमा नि यै छोरीको चिन्ता लाएको ।।

७.
सिन्दूर पनि खोस्दियो बाउआमा नि खोस्दियो।
एक चोटि त भन्दे दैब कस्को  दोष थियो ।।

जुन दिनदेखि मलाई छोडी मेरो माइती जानुभो।
त्यहि दिनदेखि तीज तिहार संगै लानुभो ।।

८.
छोरी भन्छे मामाघर कैले जान पाउने हो।
छोरो भन्छ मामा लिन कैले आउने हो ।।

यिनकै कुरा सुनेर आँशुधारा बग्छ झन।
खै कसरी बुझाउँ मैले केटाकेटीको मन ।।

९.
घरमा पनि सासुज्युको दिनरात तोकसो।
मरौँ भने बालबच्चालाई गरौँ म कसो ।।

भोको पेट ल्याउनुपर्छ थाँग्रे डोको घाँस बोकि।
अझै भन्छिन् अलछिनी आफ्नै पोइ टोकी ।।

१०.
आफ्नो पोइलाई टोकेकीले हाम्लाई कैले टोक्ने हो।
कपाल च्याती भन्छिन् यल्लाई अझै ठोक्ने हो ।।

नन्द पनि आउनुभो अँमाजु नि आउनुभो।
छड्के छड्के बोलिले बचन लाउनुभो ।।

११.
छुरा जस्तै बचनले यति घोच्नुभएन।
यो पनि त नारी भन्ने सोच्नुभएन ।।

यसपालीको तीज गयो धरधरी रोएर।
नन्द र अँमाजुको जुठो धोएर ।।


||समाप्त||


-------------------------------------------

Social Links:-
※YouTube:- sharmilagurungsinger
※Facebook:- Facebook: SharmilaGurungMusic

Please like, share & subscribe Sharmila Gurung's official videos.

-------------------------------------------
©&℗ Sharmila Gurung, 2023
All Rights Reserved
-------------------------------------------


यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
12 ماه پیش در تاریخ 1402/05/03 منتشر شده است.
96,432 بـار بازدید شده
... بیشتر